काठमाडौं– ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ भन्ने नाराका साथ ‘बागमती सफाइ महाअभियान’को ३ सय हप्ताको विशेष कार्यक्रम मनाइने भएको छ।
२०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानको उक्त कार्यक्रममा उपत्यकाका सम्पूर्ण स्थानीय तहको उपस्थिति गराउने बताइएको छ।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शंखमुल पार्कमा मेघा उत्सब मनाउने आयोजकले जनाएको छ।
कार्यक्रमका लागि ७ सय ५३ स्थानीय तहमा पत्रचार गरिसकिएको संघीय मामिला मन्त्रालयका सह सचिव पुरुषोतम नेपालले बताए।
सफाइ अभियानले माघ २६ गते शनिबार आ–आफ्नो क्षेत्रबाट विविध कार्यक्रमसहित सरसफाइ गरेर सहयोग गर्न सबैलाई पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।