काठमाडौं- मनाङ 'ख' बाट गण्डकी प्रदेशसभामा निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्।
उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आज सपथ ग्रहण गराएको प्रदेशसभाका सूचना अधिकारी विष्णुप्रसाद पाैडेलले नेपाल लाइभलाई बताए।
मनाङे समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार प्रहार गरेको थियो। सोही अभियोगमा मनाङेमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यानमुद्दा नभई कुटपिट ठहर २ वर्ष जेल सजाय सुनाएको थियो। गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनले सांसदको सपथ लिन पाएका थिएनन्।
१० वर्षभन्दा भन्दा कम सजाय हुने मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने मुलुकी ऐनको सुविधा अनुसार मनाङे छुटेका गत पुस ६ गते छुटेका थिए।
पुस १२ गते २ पुसमा सपथका लागि प्रदेश सभामा निवदेन समेत दिएका थिए।
स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले सघाएको थियो।
लामाे समयसम्म उनलाई सपथ खुवाउने विषय विवादमा रहेकाे थियाे। तर संघीय संसदमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका रेशम चाैधरीले सपथ लिएपछि उनका लागि बाटो सहज बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।