काठमाडौं– आइतबार दोहोरो अंकको गिरावट व्यहोरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार भने सामान्य बढेको छ।
परिसूचक २.७९ अंकले बढेर ११सय ६४.८९ कायम भएको नेप्सेले जनाएको छ।परिसूचक सामान्य बढे पनि कूल करोबारमा भने कमि आएको छ। आइतबार ३४ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज २२ करोड ४३ लाख रुपैयाँमा सिमित भएको छ। १६५ कम्पनीका ८ लाख ७१ हजार कित्ता सेयर कारोबार भएको छ।
समूहगत कारोबारतर्फ ६ समूह सूचक बढेका छन् भने ४ समूह घटेका छन्। निर्जीवन बिमा समूह ७२.४ अंकले बढेको छ भने जीवन बिमा समूह १९.८६ अंकले बढेको छ। बैंकिङ ०.९९ अंकले बढेको छ। उत्पादन मूलक सबैभन्दा धेरै १४.७८अंकले घटेको छ।
सोमबार सिभिल बैंकको प्रवर्दक सेयरहरु १ करोड ९५ लाख रुपैयाँमा किनबेच भएका छन्। माथिल्लो तामाकोसीको १ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।