काठमाडौं– मोरङको इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको टोलीले अपहरण मुद्दाका एक जना फरार अपहरणकारीलाई पाँच वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिष भन्ने हरि नारायण चौधरी छन्।
पुनरावेदन अदालत विराटनगरको २०७० असोज ६ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा उनलाई ८ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो।
त्यसपश्चात उनी फरार थिए। पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत सुनसरी पठाइको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।