नेपालगञ्ज– भारतसँगको खुला सिमानाका कारण बाँकेमा पछिल्लो समय साना हतियार सुरक्षा चुनौतीका रुपमा देखिएको छ।
भारतबाट लुकाइछिपाई साना हतियार भित्र्याएर आपराधिक घटना गराउने गिरोह सक्रिय हुँदा सुरक्षा चुनौती बढेको हो । बाँके प्रहरीले गत साउनयता अवैध साना हतियारसहित ७ जनालाई पक्राउ परिसकेको जनाएको छ।
यसै क्रममा प्रहरी टोलीले मंगलबार भारतको बहराइच जिल्लाको जिया गाउँका २५ वर्षीय रमजान खानलाई कटुवा पेस्तोलसहित बाँकेको जानकी गाउँपालिका ६ डिठ्ठापुरबाट पक्राउ गरेको हो । कटुवा पेस्तोल किनबेच भइरहेका अवस्थामा उनलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।
यसअघि बाँके प्रहरीले असोज ६ गते नेपालगन्जस्थित पुरैनाबाट कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको थियो।
यस्तै, भदौ १७ गते नेपालगञ्जको जमुनाह नाका हुँदै नेपालगन्ज आउँदै गरेका सुर्खेत भेरीगंगाका लालसिंह राना एयर पनि पेस्तोलसहित पक्राउ परेका थिए । त्यसको पाँच दिनपछि भदौ २२ गते कोहलपुरका तेजबहादुर बस्नेत आफ्नै घरमा भरुवा बन्दुकसहित समातिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।