काठमाडौं– नयाँ शक्ति नेपालले मध्यपहाडी/पुष्पलाल लोकमार्गमा एक महिने ‘जनसंवाद यात्रा’ गर्ने भएको छ। १ हजार ७ सय ७८ किलोमिटरको यात्रा पूर्वी पाँचथरको चिवाभन्ज्याङबाट सुरु भई बैतडीको झुलालघाटमा सकिने छ।
जनसंवाद यात्रामा २६ जिल्लाका ८० भन्दा बढी स्थानमा भेटघाट तथा अन्तर्क्रिया गरिने नयाँ शक्ति पार्टीले जानकारी गराएको छ।
मंगलबारदेखि चिवाभन्ज्याङबाट सुरु भएको यात्रा फागुन १५ मा झुलालघाट पुगेर सकिनेछ। यात्रामा कोणसभा,स्थानीय भेटघाट, जनसभा हुने बताइएको छ।
पाँचथरका ४ स्थानमा,तेह्रथुमका ९ स्थानमा,धनकुटा ४,भोजपुर एक स्थानमा यात्रा संवाद तथा जनसभा हुने भएको छ।
त्यसैगरी डोटीका दुई स्थान,डडेल्धुरा र बैतडीका तीन स्थानमा कार्यक्रम गरी जनसंवाद सकिने बताइएको छ।
यात्राका लागि पार्टी संयोजक बाबुराम भट्टराईसहितको टोली आइतबार पाँचथर तिर लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।