काठमाडौं– नेपाल वायु सेवा निमगले ३ करोड ३९ लाख रुपैयाँ भन्दा बढी खर्च गर्दै १२ वटा सेडान कार खरिद गर्ने भएको छ।
निगमले कार खरिदका लागि कम्पनीसमेत छनोट गरिसकेको छ। निगमले सुजुकी डिजायर बीएक्सआई (ओ) सेडान कारका लागि कम्पनीसमेत तय गरेको छ।
निगमले एम/एस केएमसी अटोमोबायल्स प्रालिसँग ३ करोड ३९ लाख ७१ हजार ७ सय ५ रुपैयाँ १२ थान गाडि खरिद गर्न लागेको हो।
निगमले २०५७ असोज ६ गतेको गरेको बोलपत्रको आधारमा गाडी खरिद गर्न लागेको जनाएको छ।
निगमले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार गाडी खरिद गर्ने निर्णयसमेत गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।