म्यानचेस्टर– म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा पुगेको छ। सिटीले शनिबार राति भएको खेलमा वर्नलीमाथि ५–० को जित निकालेर अघिल्लो चरणमा स्थान बनाएको हो।
सिटीका लागि ग्राबियल जेससले २३, बेर्नान्डो सिल्भाले ५२, केभिन डे ब्रुइनले ६१ र सर्जियो अग्युरोले ८५ मिनेटमा गोल गरेका थिए। वर्नलीका ७३ मिनेटमा आत्मघाती गोल गर्दा सिटीलाई थप फाइदा पुगेको थियो।
प्रतियोगिताको अन्य खेलमा स्वान्सी सिटीले गिलिघामलाई ४–१, विम्बल्डनले वेस्ट ह्यामलाई ४–२, मिनवालले एभर्टनलाई ३–२ ले हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।