मेलवर्न– जापानकी नाओमी ओसाकाले चेककी पेट्रा किभिटोभालाई हराउँदै लगातार दोस्रो ग्रान्डस्लाम उपाधि जितेका छिन्।
ओसाकाले अस्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि जित्ने क्रममा किभिटोभालाई ७–६ (७–२), ५–७ र ६–४ ले हराउँदै अस्ट्रेलिया ओपनको उपाधि जितेकी हुन्।
यसअघि उनले युएस ओपनको उपाधि जित्ने क्रममा सेरेना विलियम्सलाई पराजित गरेकी थिइन्। उपाधिसँगै २१ वर्षीय ओसका महिला एकलतर्फको वरीयतामा नम्बर एक बनेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।