डर्टमुन्ड– जर्मन बुन्डेस लिगको आधा खेल भन्दा बढी खेल सकिदा शीर्ष स्थानको बोरुसिया डर्टमुन्डले अग्रता ९ अंकमा पुर्याएको छ।
उसले शनिबार राति भएको खेलमा ह्यान्डओभरमाथि ५–१ को जित पक्का गरेको हो।
डर्टमुन्डका मारियो गोट्जे, आर्चफ हाकिमी, मार्को रेउस, राफायल गुइरेइरो र एक्सेल विस्टेलले गोल गरेका थिए।
जितसँगै डर्टमुन्डको १९ खेलबाट ४८ अंक भएको छ। दोस्रो स्थानको बायर्न म्ग्लडबाचको ३९ अंक र तेस्रो स्थानमा झरेको वायर्न म्युनिखको १८ खेलबाट ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।