काठमाडौं– मित्र राष्ट्र भारतले आज आफ्नो ७० औँ गणतन्त्र दिवस मनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७०औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। । काठमाडौँमा भारतीय दुतावासले पनि एक कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाएको छ।
कार्यक्रममा भारतीय राजदूत मन्जिव सिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै भारतका राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश वाचन गरेका थिए।
कार्यक्रममा भारत सरकारले भारतीय सेनामा कार्यरत रहँदा विभिन्न घटनामा वीरगति प्राप्त गरेका सैनिकका परिवारलाई सहयोग स्वरुप ७ करोड २६ लाख नगद उपलब्ध गराइएको थियो।
यस्तै दुतावासले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक प्रतिष्ठानलाई ३० वटा एम्बुलेन्स तथा छ वटा बस सहयोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।