जनकपुर- सर्लाहीको मलंगवा– ९ मा सेफ्टी ट्याङकीको बेल्टमा बेरिएर एक बालकको मृत्यु भएको छ।
विजय महतो सुडीको ४ वर्षीय छोरा आयुषकुमार महतोको बेल्टमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।
घर छेउमा ज १ त ५९१६ को ट्याक्टरले चर्पी सफा गर्दै गर्दा ट्याक्टर र पानी तान्ने माेटर जोडिएको बेल्ट (सापट) मा बेरिएर बालकको ज्यान गएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।