काठमाडौं– पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था सुधारन्मुख देखिएको छ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् अधिकारीको स्वास्थ्य अवस्था सुधारान्मुख देखिएको उनका स्वीकय सचिव महेश बिष्टले जानकारी दिए।
गत पुस २३ गते अस्पतालमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार भएपछि घर लगिएको थियो। घर लगेपछि उनको स्वास्थ्यमा पुनःसमस्या देखिएपछि गत माघ २ गते भर्ना गरिएको थियो।
उनको मुटु, श्वासप्रश्वास र छातीमा सङ्क्रमण देखिएको छ। मुटुमा समस्या भएपछि गत बुधबारदेखि सघन कक्षमा उनको उपचार भइरहेको छ।
८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्री, अर्थमन्त्री, स्थायी कमिटी सदस्यलगायत पार्टी, राजकीय र सामाजिक क्षेत्रका महत्वपूर्ण जिम्मेवारी सम्हालेर देश र जनताको सेवा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।