वासिङ्टन- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन्।
विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन्।
स्टोनलाई सात अभियोग लगाइएको छ।
झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू बिगारेको लगायतका आरोपहरू स्टोनमाथि लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।