काठमाडौं– डा गोविन्द केसीको समर्थनमा सडकमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
नयाँ बानेश्वर क्षेत्रमा आन्दोलनमा उत्रिएका नेविसंघका नेता कुन्दनराज काफ्लेसहित एक दर्जनभन्दा बढीलाई प्रहरीले प्रकाउ गरेको हाे। सरकारले डा केसीसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्न दबाब दिन भन्दै नेविसंघ सडकमा उत्रिएको हो।
नियन्त्रणमा लिएका नेविसंघ नेता, कार्यकर्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।
उता संसदबाट आज डा केसीसँग यसअघि भएको सहमतिविपरीत तथा प्रमुख प्रतिपक्ष दलको विरोधका बावजुद ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित भएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।