झापा– झापाको चन्द्रगढी विमानस्थलले रात्रीकालीन सेवा सुरु गर्ने भएको छ। दिउँसोको समयमा यात्रुको चाप बढेको भन्दै रात्रीकालीन उडान सुरु गर्न लागिएको हो।
यही माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रीकालीन अप्रेशनको उद्घाटन गरी सेवा सुरु गरिने विमानस्थल प्रमुख पूर्ण चुडालले जानकारी दिए।
दिउँसोको समयमा विभिन्न कारण हावाइ उडान नहुने र यात्रुहरु अलपत्र पर्ने क्रम बढिरहेकाले रात्रीकालीन सेवा सुरु गरिएको उनको भनाइ छ।
विमानस्थल प्रशासनले रात्रीकालीन सेवाको लागि एयरलायन्स कम्पनीहरुसँग कुरा गरिरहेको चुडाल बताउँछन्।
एयसलायन्सले यात्रुको चापलाई हेरेर सेवा दिनसक्ने उनको भनाइ छ। बुद्ध एयरलायन्सले भने मार्च १० बाट उडान गर्नेगरी टिकट खुल्ला गरिसकेको छ।
अन्य एयरलायन्सहरुले भने केही दिनदेखि टिकट खुल्ला गर्नसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।