काठमाडौं- दोस्रो एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ११३ रन बनाएर अलआउट भयो। ३३.५ ओभर खेल्दै नेपालले युएईलाई ११४ रनको लक्ष्य दिएको छ।
ओपनिङमा आएका ज्ञानेन्द्र मल्लले ४ बल खेल्दा एक रन पनि जोड्न सकेनन्। उनीसँगै नेपालको विकेट पतन सुरु भएको थियो। त्यसपछि ओपनिङमै आएका विनोद भण्डारी ५ रनमा आउट भए। कप्तान पारस खड्काले भने ३६ बल खेल्दै २० रन जोडे।
नेपालका तर्फबाट सोमपाल कामीले सर्वाधिक ३० रन जोडे। आरिफ शेखले ४३ बलमा २५ रन र सन्दीप लामिछानेले २७ बल खेल्दै १५ रन बनाए। अरु ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
अन्तिम ब्याट्सम्यान ललित राजवंशीले २ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।