काठमाडौं– थ्रीस्टार क्लब १०औं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनलमा हिमालयन शेर्पा क्लबमाथि १–० को जित निकाल्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो।
थ्रीस्टारको जितमा फोडे फोफोनाले निर्णायक गोल गरे। उनले खेलको ७१ मिनेटमा गोल गरेका थिए।
अब थ्रीस्टारले उपाधिका लागि त्रिभुवन आर्मीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।