• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

दु:खले छिर्छन् अमेरिकाभित्र आप्रवासी

64x64
नेपाल लाइभ बुधबार, माघ ९, २०७५  २१:४०
1140x725

टेक्सास– एल साल्भाडोरकी मारिया ओर्बेलिना कोर्टेज पतिको दिनरातको कुटपिट सहन नसकेर तीन वर्षका छोरा च्यापेर अमेरिका भागेकी थिइन्। 

महिनौँसम्म लुकिछिपी योजना बनाएपछि उनले तीन वर्षको छोरा लिएर एकदिन दुई दाजुभाइसँगै घर छाडेर हिँडिन्। आफू अमेरिकातर्फ लागेको उनले पतिलाई सुँइकोसम्म दिइनन्।

दक्षिण टेक्सासको क्याथोलिक च्यारिटी शिविरको प्राङ्गणमा कुरा गरिरहँदा उनका छोरा त्यहीँ नजिकै खेल्दै थिए। बाबुले तातो पानी खन्याइदिएका कारण ती बच्चाको टाउकाको एक भागमा कपाल पनि छैन। 

'म सधैँ अपराधीजस्तो भएर बाँचेकी थिएँ,' ३० वर्षीया ओर्बेलिनाले भनिन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाउन चाहेको पर्खालले ओर्बेलिनाका जस्ता कथा साँचेका परिवारलाई रोक्ला भन्ने देखिन्न। हरेक महिना यस्तै कथा सङ्गालेका हजारौँ मानिस अमेरिका–मेक्सिकोको सीमा पार गरेर अमेरिका प्रवेश गरिरहेका छन्। 

ट्रम्प प्रशासन ५ अर्ब ७० करोड अमेरिकी डलर खर्चेर मेक्सिको सीमामा करिब ३ सय २० किलोमिटर लामो मजबुत पर्खाल बनाउन चाहन्छ। यो पर्खालमध्ये अधिकांश भाग दक्षिण टेक्सासमा पर्दछ। अरु ठाउँभन्दा यही बिन्दुबाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरू धेरै छन्। 

कङ्ग्रेसले यही क्षेत्रमा ५३ किलोमिटर नयाँ तारबार लगाउन बजेट विनियोजन गरिसकेको छ। यो नयाँ तारबारको अधिकांश हिस्सा उत्तरतर्फको रियो ग्रान्डेमा रहनेछ। रियो ग्रान्डेले संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच प्राकृतिक सीमा (जलक्षेत्र)को पनि प्रतिनिधित्व गर्दछ।

यस बिन्दुबाट अमेरिका प्रवेश गर्नेहरूले शरणका लागि अमेरिकी अधिकारीसमक्ष आवेदन दिन पाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पर्खाल निर्माणको बजेट पारित गर्नेतर्फ राष्ट्रपति ट्रम्प र सिनेट रिपब्लिकनको पछिल्लो प्रस्तावले अमेरिकामा शरण चाहनेहरूका लागि आवेदनलाई अझ कडा बनाउनेछ। प्रस्तावमा शरण दिनुअघि 'राष्ट्रिय हित'लाई पहिलो प्राथमिकतामा राखिने उल्लेख छ।

अमेरिका आइपुगेका सबै मध्य अमेरिकी बालबालिकाको नामदर्ता गर्दा उनीहरूकै देशको नाम लेखिनेछ, अमेरिका लेखिने छैन। 

राष्ट्रपति ट्रम्पले शनिबार गरेका सम्बोधनमा यी प्रावधानका बारेमा केही बताएका छैनन्। तर, अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनका निर्देशक ग्रेग चेनले आफूहरु ऐतिहासिक परिवर्तनको पक्षमा रहेको तर राष्ट्रपतिको प्रस्ताव स्वीकार्य नरहेको बताए। विपक्षी डेमोक्र्याट पार्टीका वरिष्ठ नेताहरुले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरिसकेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रियो ग्रान्डे भ्यालीको क्याथोलिक च्यारिटीका कार्यकारी निर्देशन सिस्टर नोर्मा पिमेन्टलले संस्थाको शिविरमा आश्रित कतिपय आप्रवासी परिवारहरूले गैरकानुनी तरिकाबाटै रियो ग्रान्डे नदी तर्ने चाहना राखेको बताए। 

'हामीले सीमालाई सुरक्षित गर्नुपर्छ भन्नेमा दुईमत छैन, र हामीले हाम्रो देशलाई अपराधीहरूबाट पनि सुरक्षित राख्नै पर्दछ,' पिमेन्टलले भने। राष्ट्रपति ट्रम्पले निर्दोष आप्रवासीलाई भेट्न आवश्यक रहेको बताउँदै उनले भने, 'ट्रम्पले बालबालिकालाई भेट्नु आवश्यक छ र यहाँ रहेका ठूलो संख्याका परिवारले संरक्षण र सुरक्षा चाहेका छन्।' 

डेसी यानिरा सेन्टेनो पनि एल साल्भाडोरबाट भागेको एक महिनापछि अमेरिका–मेक्सिको सीमामा आइपुगेकी थिइन्। केही बदमास समूहले उनकी १५ वर्षीया छोरीलाई धाकधम्कीसमेत दिएका थिए। 

सेन्टेनोले सुनाइन्, 'एक जना मानव तस्करले पुलको बाटोभन्दा रियो ग्रान्डेबाट अमेरिका प्रवेश गर्नु सहज हुने बताएका थिए। पुलको बाटो हुँदै अमेरिका प्रवेश गर्नेहरूलाई अमेरिकी भन्सार अधिकारीहरुले अनेक दुःख दिएर निवेदन दर्ता नगरिदिने प्रवृत्ति रहेको छ।'

त्यहीकारण, उनले आफू, छोरी र अरु दुईजना ७ र ११ वर्षका बालबच्चाका लागि डुङ्गा चढ्न जनही २० डलर तिरिन्। नदीमा डुङ्गा ढलपल गरी विस्तारै चल्दा आफू असाध्यै त्रसित भएको उनले सुनाइन्। 

'त्यतिखेर जीवन र मृत्युको अनुभव भयो,' उनले भनिन्। 'तपाईंलाई थाहा छ, त्यतिखेर मलाई किन आफ्नो देश छाडेर यहाँ आएँ भन्ने लाग्यो।' 

अरु कैयौँले अवैधानिक किसिमबाट नदी तर्न चाहेनन्। उनीहरुले मान्यताप्राप्त बाटोबाटै अमेरिका जान जिद्दी गरिरहेका थिए। दक्षिण टेक्सास र त्यस आसपासका धेरै ठाउँका सीमामा अमेरिकी भन्सार अधिकारीहरूले आप्रवासीको निवेदन प्रशोधन गर्न असाध्यै ढिला गरिदिन्छन्। आवेदन गर्न खोज्ने हजारौँ हुन्छन्, तर असाध्यै कमको मात्र निवेदन लिइन्छ। त्यहीकारण, मानिसहरू पुलमै धर्ना दिएर बस्छन् अथवा मेक्सिकोमा रहेका शिविरमा पालो कुरेर बस्छन्।

'तपाईंले हामीहरू अमेरिकाका लागि खतरा हौँ भन्न सक्नुहुन्न,' भार्गासले भनिन्। 'हामी यहाँ धैर्यपूर्वक बसिरहेका छौँ, यसको मुख्य कारण नै कानुनी तरिकाबाटै सबै कुरा होस् भन्ने हामी पनि चाहन्छौँ।' 

ट्रम्प प्रशासनका अधिकारीहरू भने अमेरिका प्रवेश गर्ने नाममा आप्रवासीले गैरकानुनी दाबी गरिरहेको तर्क गर्दछन्। अध्यागमन अदालतहरूले शरणका लागि चित्तबुझ्दो आधार प्रस्तुत नगरेको भन्दै गत वर्ष करिब ६५ प्रतिशत आप्रवासन मुद्दाहरु नै खारेज गरिदिएका थिए।

प्रशासनले शरणको अधिकारलाई सीमित गर्न निकै लामो समयदेखि प्रयास गरिरहेको छ। गत वर्ष डिसेम्बरमा एकजना संघीय न्यायाधीशले घरेलु हिंसा पीडितलाई शरण नदिने भन्ने अमेरिकी प्रशासनको नीतिगत परिवर्तनको आदेशलाई उल्ट्याइदिएका थिए।

त्यसपछि अमेरिकी गृह सुरक्षा विभागले अमेरिकामा शरणको माग गर्नेहरूलाई मेक्सिकोमै केही समय रोकिन आग्रह गरेको थियो। 

सीमामा थुप्रिएका अधिकांश मानिसलाई त्यहाँसम्म आइपुग्न धेरै साता लागेको थियो। हजारौँ किलोमिटरको यात्रा गरेका उनीहरूले पैदल हिँडेर वा गाडी भाडामा लिएर अमेरिकाको सीमासम्म आइपुगेका थिए। 

तर, क्याथोलिक च्यारिटीमा रहेबसेका महिलाहरूले आफूहरुसँग अरु कुनै विकल्प बाँकी नरहेको बताएका छन्। 

शिविरमा निराश मुद्रामा भेटिएकी ओर्बेलिनाले मदिरा सेवन गरेर आउने उनका पतिले दिनहुँ रातिराति कुटपिट गर्ने गरेको दुःखेसो पनि सुनाइन्। 'कहिलेकाहीँ उनले केटाकेटीहरूलाई पनि पिट्ने गर्दथे,' उनले भनिन्। 

उनी भन्छिन्, मैले पतिको ज्यादतिका बारेमा प्रहरीकहाँ पनि उजूरी दिएँ। तर, प्रहरीमा पतिले उल्टै मैले कुटपिट गरेको बताउँथे। उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेन। 

उनले भनिन्, 'मैले ६ महिना लगाएर भाग्ने योजना बनाएँ, पैसा खोजेँ र अमेरिकाको क्यालिफोर्नियामा रहेका आमाबुबाले पनि पैसा पठाइदिए।'

उनी टेक्सासको प्रोग्रेसोको बाटो हुँदै आधिकारिक रुपमा अमेरिका प्रवेश गरेकी छन्। 

उनी आमाबाबुसँग चाँडै भेट्न पाइनेमा ढुक्क छिन्। उनी अमेरिकामै पारपाचुकेको निवेदन दिने र अमेरिकी कानुन बमोजिम संरक्षण आदेश लिने योजनामा छिन्। 

'म यहीँ काम गर्ने र छोराछोरी हुर्काउने आशामा छु,' ओर्बेलिनाले भनिन्, 'म उनीहरु खुसी भएको हेर्न चाहन्छु।'  

प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  २१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका क्रममा विपक्षी नेताहरू हिरासतमा मंगलबार राजधानी नयाँदिल्लीस्थित ऐतिहासिक प्रदर्शनस्थल जन्तर मन्तरमा लगाइएको कडा सुरक्षा घेरा र बारहरू तोडेर प्रवेश गरेपछि प्रहरीले उ... मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्