काठमाडौं- हिमपातका कारण सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा उडान बन्द भएको छ। गएरातिदेखि परेको पानी र हिमपातका कारण ती विमानस्थलमा उडान हुन सकेका छैनन्।
वर्षासँगै हिमपातका कारण यी दुई विमानस्थल हवाई सम्पर्कभन्दा बाहिर रहेको विमानस्थल कार्यालयका टावर कन्ट्रोल रुमका प्रमुख सीताराम भण्डारीले जानकारी दिए।
विराटनगर, भद्रपुर, भैरहवा, चितवन, पोखरा, नेपालगन्ज, धनगढी, सिमरा विमानस्थलमा भने उडान सुचारु भएको उनको भनाइ छ।
उडान सुचारु भएको विमानस्थलमा पनि मौसमका कारण सामान्य असर भने परेको उनले बताए।
'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसमका कारण एयर ट्राफिक जाम केही बढेको छ,' भण्डारील भने।
सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सयभन्दा बढी आन्तरिक र ८० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।