एजेन्सी– शाहरुख खानका छोरा आर्यन खानको फेसबुक अकाउन्ट ह्याक भएको छ। आर्यनले इन्ष्टाग्राम अकान्टबाट यस कुराको जानकारी दिँदै आफ्ना फ्यान फलोवर्सलाई त्यसबाट सजक हुन आग्रह गरेका छन्।
उनले इन्स्टाबाट लेखेका छन्,‘मेरो फेसबुक अकाउन्ट ह्योक भयो। त्यसैले कोही कसैले उक्त अकान्टबाट भएका सबै प्रकारका गतिविधिलाई कृपया वास्ता नगर्नुहोला।’
२१ वर्षीय आर्यन यतिबेला क्यालिफोर्नियामा बसेर अध्ययन गरिरहेका छन्। शाहरुखका छोरा आर्यन सामाजिक सञ्जालमा निकै परिचित रहेका छन्। उनको इन्ष्टाग्राममा मात्रै ९ लाख ७४ हजार माथी फलोवर्स छन् भने उनै आर्यनका नाममा कतिपय फेसबुक पेजहरु समेत सक्रिय छन्।
शाहरुखका छोरा आर्यन अभिनयमा भने रुचि राख्दैनन्। केही समयअघि यस विषयमा अभिनेता शाहरुखले आफ्ना छोराका बारेमा एक भारतीय सञ्चारमाध्यमसँग भनेका थिए, ‘अभिनयमा त्यति रुचि राख्दैन। निर्देशनमा भने उसको रुचि धेरैनै छ। तर, निर्देशनका लागि आर्यन अहिले नै तयार छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।