काठमाडौं– हेमराज बिसीको निर्देशनमा तयार फिल्म ‘दी ब्रेकअप’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रम गरी फिल्म सार्वजनिक गरिएको हो।
प्रेम, रोमान्स र बिछोडलाई मुख्य विषयवस्तुका रुपमा प्रस्तुत फिल्म फागुन १७ गतेबाट प्रदर्शनमा आउने छ।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकारद्वय आशिरमान देशराज जोशी र शिल्पा मास्केबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ।
पोखरा र अष्ट्रिेलियामा छायांकन गरिएको फिल्ममा अन्य कलाकारहरु रोमान दास श्रेष्ठ, सरोज खनाल, इच्छा कार्की लगायतको अभिनय देख्न सकिन्छ।
नरेन्द्र मैनालीले छायांकन रहेको ‘दी ब्रेकअप’लाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन्।
फिल्ममा निर्देशक बिसीकै कथा तथासुरेन्द्र पौडेलको सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।