काठमाडौं- सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ)को कारोबार खुलेको छ।
संस्थाको सेयर कारोबारको लागि नेपाल स्टक एक्चेन्ज (नेप्से)ले ‘एसएलबिएसएल’ संकेत दिएको छ।
संस्थाको सेयरको पहिलो कारोबार (ओपनिङ रेन्ज) नेप्सेले १ सय ६८ रुपैयाँ ३७ पैसादेखि ५ सय ५ रुपैयाँ ११ पैसा दिएको छ।
संस्थाको १० लाख कित्ता सेयर आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई मंसिर २ देखि ५ गतेसम्म बिक्री गरेको ३ लाख कित्ता आइपिओसहितको सेयर कारोबार खुलेको हो।
कम्पनीको आइपिओ बिक्रीपछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।