कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ।
लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताए। उनका अनुसार कात्तिक २ गते लक्ष्मी पूजाको दिन गाउँपालिका–२ गौरीटोल निवासी २५ वर्षीया शारदा थापाको सर्पको टोकाइले ज्यान गएको छ।
यसैगरी, वडा नं २ कै २३ वर्षीय सेतु बुढा सर्पको टोकाइले अस्पताल भर्ना भएका छन्। उनको भारतको खटिमामा उपचार भइरहेको छ।
बेल्डाँडीमा रहेको स्वास्थ्य चौकीमा सर्पदंशको औषधि एन्टीस्नेक भेनम नहुँदा उपचारका लागि सदरमुकाम महेन्द्रनगर वा धनगढी लैजानुपर्ने बाध्यताले गर्दा पनि सर्पदंश बिरामीले अकालमै ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ छ।
गाउँलेले यथाशीघ्र सर्पदंश उपचारका लागि एन्टीस्नेक भेनम औषधिको व्यवस्था गरी दिन माग गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।