काठमाडौं– युगल पोमोको निर्देशनमा तयार फिल्म ‘नेचर गाई’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा हिमाली भेगको रहनसहन, रमणीय दृश्य तथा सांस्कृतिक पक्षलाई समावेश गरिएको छ। मौलिक कथामा आधारित फिल्मले प्रकृत्ति र मानवबीचको सम्बन्धलाई प्रस्तुत गरेको छ।
श्याम राई, सिर्जना सुब्बा, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघालीलगायतको अभिनय रहेको फिल्ममा निर्देशक स्वयम्कै कथा लेखन रहेको छ। श्याम इङ्नाम, रेजिन साँबा, हिम सिंघक निर्माता रहेको फिल्ममा बिक्रम राईको स्वर र संगीत तथा जानु काम्बाङको शब्द रचना रहेको छ।
दुई सय बढी म्युजिक भिडियो निर्देशन गरिसकेका पोमोको फिल्म ‘नेचर गाई’ डेब्यू निर्देशन हो।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।