बेरुत, लेवनान- सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्।
लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि फिलिप लजारिनीले लेवनान सिरियाली शरणर्थीका लागि एउटा असल आतिथ्यता प्रदान गर्ने मुलुक मात्र भएको बताए। 'तर यो सिरियाली शरणार्थीलाई नागरिकता प्रदान गर्न सक्ने मुलुक होइन। शरणार्थीको भविष्य लेवनान होइन, उनीहरूकै मातृभूमि हो,' उनले भनेका छन्।
सिरियाली सङ्कटपछि लेवनानमा सिरियाली बोझ धान्न आफूहरुले राष्ट्रसंघको सहयोगलाई बढाएको उनको भनाइ छ। 'अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायले लेवनानी सरकारलाई सहयोग गर्दै आएको छ र लेवनानी बासिन्दाको रोजगारीको व्यवस्था र शरणार्थीको सुरक्षित गरेका थियौँ,' उनले भने।
अवको तयारी शरणार्थीलाई सुरक्षित सिरिया पठाउने हुने भएकाले शरणार्थीलाई लेवनानमा लामो समय व्यवस्था गर्न सम्भव नभएको पनि उनले प्रस्ट पारे।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।