काठमाडौं– फिल्म ‘रणवीर’को नयाँ गीत ‘मान्न चाहन्न’ सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुशिल सिटौला र सुपुष्पा भट्ट फिचर छन्।
प्रेमभावमा तयार गीतमा सुपुष्पाप्रति सुशिलको प्रेम प्यास प्रस्तुत गरिएको छ।
हर्कुलस बस्नेत र प्रविसा अधिकारीको स्वर रहेको गीतमा बस्नेतकै शब्द÷संगीत तथा रिकेश गुरुङको संगीत संयोजन छ।
शुभेक्षा खड्का, प्रसान्त तम्राकार, हरिहर शर्मा टिक पहारीलगायतको अभिनय रहको फिल्म ‘रणवीर’मा गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको छ।
फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आँउदै छ।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।