लन्डन- इंग्लिस क्लब आर्सनलका गोलकिपर पिटर चेकले सिजनको अन्त्यबाट संन्यास लिने घोषणा गरेका छन्।
३६ वर्षीय गोलकिपर चेक सन् २०१५ को जुनमा आर्सनलमा आबद्ध भएका थिए। त्यअघि उनले आर्सनलमा ११ सिजन बिताएका छन्।
उनले इंग्लिस प्रिमियर लिगमा १५ सिजन बिताएको र सम्भव भएका जति सबै उपाधि जितेको बताएका छन्। साथै जीवनमा सबै उपालब्धि हासिल गरेको महसुस गरेको बताउँदै उनले यो सिजनको अन्त्यसम्म आर्सलनका लागि अर्को उपाधि जित्न योगदान दिने बताए।
उनले सन् २००६ मा चेल्सीमा डेब्यू गरेका थिए। त्यतिबेला रिडिङका स्टेफन हन्टसँग ठोक्किएपछि उनको टाउकको सर्जरी गर्नु परेको थियो। तीन महिनापछि मैदान फर्किदा उनी टाउँकोमा हेडगार्ड लगाएर फर्किएका थिए। त्यसयता उनको पहिचानै नै हेडमार्ड भयो।
उनले सन् १९९९ मा चेक गणतन्त्रको च्यामेल ब्लासानी क्लबबाट खेल जीवन सुरु गरेका थिए। चेकको कप्तानी समेत गरेका उनले २००२ देखि २०१६ सम्म १ सय २४ खेल खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।