नैरोबी– केन्याको राजधानी नैरोबीस्थित एक सुविधासम्पन्न होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। वेस्टल्यान्ड जिल्लामा अवस्थित ‘डुसिट डी २’ होटलको पाहुना कक्ष र प्रशासन कक्ष दुवै स्थानमा अन्धाधुन्ध गोली प्रहार तथा बम विस्फोट गराइएको छ।
सरकारी सेनाले मंगलबार बेलुका भवनलाई पूर्णरुपमा आफ्नो कब्जामा लिएको बताइरहेपनि बन्दुकधारीहरु मंगलबार रातिसम्म होटल क्षेत्रमा देखिएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
केन्याका सरकारी अधिकारीहरुका अनुसार ५ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुने मध्येमा एक जना अमेरिकी नागरिक रहेका छन्।

तर, घटनामा यति संख्यामा हताहती भयो भन्ने सम्बन्धमा यकिनका साथ भन्न नमिल्ने रोयटर्सले लेखेको छ। होटलका कामदारका अनुसार हताहत हुनेको संख्या कम्तीमा १५ जना रहेको छ।
आक्रमण स्थानीय समयअनुसार दिनको ३ बजेबाट सुरु भएको थियो। बन्दुकधारीहरुले सुरुमा कार पार्किङ स्थलमा बम पड्काएर होटलको लबी तथा पाहुना कक्षमा प्रवेश गरेका थिए।
आक्रमणको जिम्मेवारी सोमालियाली विद्रोही संगठन ‘अल सवाब’ले लिएको छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।