डेट्रोएट- जर्मन कार कम्पनी 'भक्सवागेन'ले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई विस्तार गर्ने जनाएको छ।
भक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा विस्तार गर्ने प्लान्टबाट थप एक हजार जनालाई रोजगारी दिइने कम्पनीद्वारा सोमबार गरिएको प्रदर्शनीका क्रममा जानकारी गराइएको छ।
जर्मन गाडी कम्पनीले अमेरिकामा विद्युतीय गाडीको उत्पादन बढाउने घोषणालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशंसा गरेका छन्।
ट्रम्पले मङ्गलबार गरेको ट्विटमा भनेका छन्, 'चटनुगा तथा टेनिसीलाई नयाँ रोजगारीको अवसर पाएकोमा बधाइ। यो हाम्रो सफलता हो। रोजगारीको अवसर ल्याएकोमा कम्पनीलाई धन्यवाद।' रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।