एजेन्सी– बलिउड अभिनेत्री पूजा भट्ट लामो समयपछि अभिनयमा फर्किंदैछिन्। पूजा आफ्ना बाबु महेश भट्टको ब्लकबस्टर फिल्म सडकको सिक्वेलमार्फत अभिनयमा फर्किन लागेकी हुन्।
यो फिल्ममा पूजा र उनकी बहिनी आलियाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ। उक्त फिल्ममा खलनायकको भूमिकामा भने गुलसन ग्रोब्बर देखिनेछन्।
यो फिल्ममा पूजाका साथमा सञ्जय दत्त पनि देखिनेछन्। फिल्म सुटिङको तयारी भइरहेको पूजाले बताइसकेकी छिन्।
‘मेरा पिताले बनाएका फिल्ममध्ये सडक मेरो उत्कृष्टको सूचीमा छ। सलमानका पिता सलिम खान र मेरा पिताले सिर्जना गरेको यो फिल्म साँच्चै अद्भूत थियो,’ पूजाले बताइन्।
सन् १९८५ निर्माण भएको यो फिल्ममा सञ्जय दत्त र कुमार गौरवले मुख्य भूमिका निर्वाह गरेका थिए।
महेश भट्टको निर्देशन रहेको यो फिल्म एक क्राइम थ्रिलर थियो। यसमा समावेश गीत ‘चिठी आई है’ निकै चर्चित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।