जनकपुर– प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आइतबार पर्यटन,वन तथा वातावारण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट गरेको घटनामाथि छानबिन गर्न ३ सदस्य टोली गठन भएको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्य टोली गठन भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
छानबिन समितिमा प्रदेशका मुख्य सचिव दीपक सुवेदी र कार्यालयका सचिव हरि फुयाल रहेका छन्।
आइतबार साँझ घटनाका विषयमा दुवै पक्षसँग छलफल पश्चात् तीन सदस्य टोली छानबिन समिति गठन भएको मुख्य सचिव सुवेदीले बताए।
उनले भने, ‘ घटनालाई छानबिन गरेर निष्कर्ष निकाल्न समिति गठन भएको छ। भोलीबाट मन्त्रालयको काममा कुनै अवरोध नगर्ने समेत छलफल भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।