काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ १० मा बस्ने केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघको बारेमा निर्णय गर्ने जानकारी विद्यार्थी नेताहरुलाई दिएका छन्।
वर्तमान कार्यसमितिले नै १२औं महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गर्नका लागि देउवा निवास पुगेका विद्यार्थी नेताहरुलाई सभापति देउवाले माघ १० सम्म जिल्ला अधिवेशनलगायतका गतिविधि नराेक्न निर्देशन दिएका छन्।
तिनै समूहका विद्यार्थीहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन्। माघ २ देखि कार्यकाल सकिन लागेको वर्तमान कार्यसमितिलाई समय थप गरी १२औं महाधिवेशनको आधार बनाइदिन आग्रह गरेको नेविसंघ केन्द्रीय सदस्य शुसिल भट्टले जानकारी दिए।
समय बढाउन माग गर्दै पार्टी सभापतिकहाँ पुगेका विद्यार्थी नेताहरुलाई माघ १० सम्म संघका गतिविधि बढाउन देउवाले निर्देशन दिएका थिए।
निर्वाचित कार्यसमितिले महाधिवेसन गर्नुपर्ने अडान राख्दै महामन्त्री काफ्लेले देउवा पक्षका विद्यार्थीहरुका कारण जिल्ला अधिवेशन सोचेअनुरुप हुन नसकेको बताएका थिए। उनले भने ‘१४ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ। अरु जिल्लामा अधिवेशनको तयारी हुँदै गर्दा समय सकियो।’
शनिबार देखि तोकिएको १२औं महाधिवेसन हुन नसकेपछि सात पदाधिकारीले राजीनामा दिएका थिए। शनिबारसम्म १४ जिल्लाको मात्रै अधिवेशन भएको छ।
समूहका डेढ दर्जन विद्यार्थी नेताहरु देउवा निवास पुगेका थिए। माघ २ देखि वर्तमान कार्य समितिको कार्यकाल सकिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।