काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले माघ २ गते भूकम्प सुरक्षा दिवससम्ममा भूकम्प प्रभावितको आँसु पुछ्ने गरी काम गरेर देखाउने बताएका छन्।
प्राधिकरणमा पद वहालीपछि पत्रकारसँग कुरा गर्दै सिइओ भुसालले वर्षा सुरु हुनुअघि दोस्रो चरणको रकम उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे।
पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए।
कानुन निर्माण तथा व्यावहारिक कठिनाइका कारण भूकम्प पीडितका घर पुनःनिर्माण गर्नमा ढिलाइ भएको बताउँदै भुसालले प्रभावितको आवाससँगै सम्पदा स्थलको पुनर्निर्माणमा पनि ध्यान दिइने उल्लेख गरे । उनले भने, 'धरहरा, वसन्तपुर दरबार, रानीपोखरीको बालगोपालेश्वर मन्दिर लगायत महत्वपूर्ण संरचनाको पुनर्निर्माण गर्न आर्थिक स्रोत जुटाउनेछु।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।