काठमाडौं– कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।
बिहान साढे ८ बजेदेखि सुरु भएर साढे ४ बजे मतदान सम्पन्न भएको हो।
निर्वाचन समितिका अनुसार २ हजार ७ सय ४ मतदातामध्ये २ हजार २ सय ६१ मत खसेको छ।
यो कुल मतदाताको झण्डै ८४ प्रतिशत हुन्छ। मतदान सकिएपछि मत गणनाका लागि केही बेरमा बैठक हुने निर्वाचन समितिका संयोजक यादव भण्डारीले बताए।
मतगणना पनि आजैदेखि सुरु हुने उनले बताए। कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन्।
वर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थी प्यानलसहित चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।