काठमाडौं– प्रदेश–२ का प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरूको क्षमतामा निखारता ल्याइनु पर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ धनुषाको १० औं साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रदेश प्रमुख कायस्थले पत्रकारिताको स्तरीयकरणको लागि खोज पत्रकारिता गर्न आग्रह गरेका छन्।
पत्रकारितालाइ राम्रो र सक्षम बनाउन प्रदेश सरकारलाई महासंघले प्रस्ताव गर्न आग्रह गर्दै पत्रकारिता विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।