काठमाडौं– भारत भ्रमणमा रहेका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति थापालाई शनिबार भारतीय राष्ट्रपति राम नाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ।
शुक्रबारदेखि औपचारिक भारत भ्रमणमा रहेका प्रधान सेनापति थापाले शुक्रबार न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण पनि गरेका थिए।
थापाका भ्रमण दलमा उनकी श्रीमती दीपा थापा, उपरथी झंकरबहादुर कडायत लगायत छन्।
उनी माघ २ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।