लहान– २ केजी अवैध सुनसहित शनिबार सिरहामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
लहान नगरपालिका–१९ छर्रापट्टिका ३५ वर्षीय अमिरुल खान, ४० वर्षीय मो. कयुम र मो. रियाजलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाले पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी उनीहरूलाई सार्वजनिक गरेको छ।
एसपी सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले गोलबजार र मिर्चैयाको सीमामा पर्ने घुर्मी खोलाबाट उनीहरूलाई पक्राउ गरेको हो।
तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको एसपी गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।