काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारको विरोधमा सातै प्रदेशका राजधानीमा र्याली गर्ने भएको छ।
तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत सरकारको अधिनायकवादी चरित्र, भ्रस्टाचार, महङ्गी, मूल्यवृद्धि, वाइडबडी,निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा र्याली तथा सभा गर्ने जानकारी दिए।
कार्यक्रम माघ ८ देखि १४ गतेसम्म हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
महासचिव शाहीका अनुसार माघ १४ गते प्रदेश १ को विराटनगर, ९ गते प्रदेश २ को जनकपुर, १० गते प्रदेश ३ को हेटौंडा, ११ गते गण्डकी प्रदेशको पोखरा, १२ गते प्रदेश ५ को भैरहवा, १३ कर्णाली प्रदेशको सुर्खेत र १४ गते सदुरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।