काठमाडौं– विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले आफूहरू फेरि मिल्ने र सशक्त ढंगले अघि बढ्ने दाबी गरेका छन्।
पार्टीमा आएको फुटपछि पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा शनिबार अयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एउटा बिन्दु आउँछ हामी फेरि मिल्छौँ। त्यहाबाट अझै सशक्त ढंगले जान्छौँ। यो यात्रा कुनै पनि हालतमा रोकिँदैन।’
शुक्रबार मात्रै पार्टी फुटाएर गएका अर्का संयोजक उज्जल थापा लगायतका समूहलाई फेरि सँगै मिलेर आउन उनले आग्रह गरे। ‘हामीबीच अप्रेम अझै पनि बाँकी छ, कुनै द्वेष छैन्,’ उनले भने, ‘आउनुहोस सँगै हिँडौँ, संवाद नगरी हुँदैन्।’
आफूहरु नजानेको यात्रामा हिँडेको भन्दै त्यक्रममा दुवै पक्षबाट कमजोरी भएका हुन सक्ने उनले बताए। उनले भने, ‘नजानेको यात्रामा हामी सँगै हिँड्दा हाम्रो तर्फबाट कमजोरी भए होलान्। उहाँका तर्फबाट पनि भए होलान्।’
नेपाली समाजको धारातलीय विरोधाभाष र जटिलताहरू वैकल्पिक पार्टी निर्माणमा पनि आउने भन्दै त्यस्ता प्रतिकुलताबाट आफूहरु माथि उठ्ने दाबी गरे।
आर्थिक पार्दशिताका बारेमा आफूहरूमाथि अनेक आक्षेप लगाएको भन्दै त्यसबाट आफू निकै दु:खी भएको मिश्रको भनाइ छ।
‘छोडेर जाने साथीहरूले जस्तो आरोप लगाउनुभयो, त्यसको मैले कुनै पनि मिडियाबाट जवाफ दिएको छैन्’, उनले भने, ‘एक घरभित्रको विावद चौतारीमा छताछुल्ल पार्ने पक्षमा छैन् भनेर एक शब्द पनि बोलिन्। उहाँहरूको आरोपबाट म एकदमै दु:खी भएको छु।’
उनले आफू कुनै आरोप प्रत्याआरोपमा उत्रिन नचाहेको भन्दै आर्थिक आय–व्ययको सबै विवरण स्पस्ट भएको दाबी गरे।
‘हामीले एक महिनामा १२ लाख रुपैयाँ उठायौंँ’ उनले भने, ‘हरेकको रेकर्ड छ। त्यो फेसवुक, पार्टीको वेबसाइटमा पनि छ। गतवर्षको आय–व्ययको अडिट रिपोर्ट पनि वेबसाइटमै राखेका छौँ। यो भन्दा पारदर्शिताको कुरा के हुन्छ?’
उनले पार्टी फुट पछिको सम्पति बाँडफाडको कुरा प्राविधिक र कानुनी भएको भन्दै त्यसका बारेमा अझ सोधखोज गरेर मिलाउने बताए।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।