अछाम- आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिचालनका लागि अछाममा म्यादी प्रहरी बन्न इच्छुक युवामध्ये १५० जना सम्पर्कमै नआएको पाइएको छ। म्यादीका लागि फाराम भरेका यति धेरै संख्यामा युवा अनुपस्थित भएका हुन्।
अछाममा जम्मा दुई हजार ३१६ युवाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा छनोटको पहिलो चरणअन्तर्गत आइतबार र सोमबार स्वास्थ्य परीक्षण र अन्य शारीरिक जाँच तथा दौड कार्य सम्पन्न भएको छ। स्वास्थ्य परीक्षण र शारीरिक जाँचको नतिजा निकालेर आज लिखित परीक्षा हुने अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
अछामका लागि जम्मा एक हजार २३४ जना म्यादी प्रहरी छनोट गर्न पाउने कोटा रहेको न्यौपानेले बताए। थप २० प्रतिशतलाई वैकल्पिकमा राखिने बताइएको छ। छनोट भइसकेपछि पनि केहीले बीचमै छोड्न सक्ने अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक पनि राखिएको हो।
निर्वाचन परिचालनका लागि भर्ना हुने म्यादी प्रहरीले ५५ दिन काम गर्नुपर्ने र उनीहरूले सो अवधिको पारिश्रमिक नेपाल प्रहरीका जवानले पाउनेसरह अर्थात् रु ५१ हजार हुने प्रहरीले जनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।