दमास्कस- इस्लामिक स्टेट (आइएस) लडाकुहरुले छाडेर गएको एक सय मृत शरीर सिरियाको सरकारी सेनाले ल्याएका छन्।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले अल क्वार्यातायनमा मारिएका आइएस लडाकुका शव सरकारी सेनाले नियन्त्रणमा लिएको जनाएको छ।
सिरियाको सरकारी पत्रिकाको अनलाइनमा आइएस लडाकुद्वारा मारिएका मध्ये ५० जना रक्तपातपूर्ण अवस्थामा भेटिएको उल्लेख छ।
सेनाले नियन्त्रणमा लिएका अधिकांश शवहरुको पहिचान हुन नसकेको र उनीहरुको बारेमा खोजी कार्य भइरहेको जनाइएको छ। सिरियाको सेनाले अल क्वार्यातायन सहरलाई आइएस लडाकुबाट खोसेर शनिबार पुनः आफ्नो नियन्त्रणमा लिएको थियो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।