मेगा बैंकको सहयोगमा स्वास्थ्य शिविर

नेपाल लाइभ

Nepal Live

काठमाडौं- मेगा बैंक नेपालले स्वास्थ्य शिविर सञ्चालनका लागि सहयोग गरेको छ। 

नेपाल अर्बुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो। 

सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविरका लागि सहयोग गरेको मेगा बैंकले जानकारी दिएको छ। 

काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको सहभागिता रहेको थियो। 

यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट धेरै व्यक्तिले परामर्श र उपचार पाएको बैंकले जनाएको छ। 

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने