भक्तपुर- मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा ८ रोपनी क्षेत्रफलमा व्यवस्थित तरकारी बजार सुरु हुने भएको छ।
भक्तपुरकै पहिलो व्यवस्थित तरकारी बजारमा १ सय ३० वटा सटर र १ सय ५० स्टल रहनेछन्। तरकारी बजारमा कालिमाटी,बल्खुलगायतका तरकारी बजारभन्दा सस्तो मूल्यमा तरकारी उपलब्ध गराउने सञ्चालक श्याम बस्नेतले दाबी गरे।
‘सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियालाई निषेध गर्न तरकारी बजार खोलिएको हो,’ सञ्चालक बस्नेतले भने।
तरकारी बजारमा मौसमी र बेमौसमी तरकारी, फलफुल, दुर्गम गाँउमा उत्पादन हुने गुन्द्रुक, पिठोको स्टलदेखि, जिउदो माछा र सहकारी संस्था पनि हुने बताइएको छ।
तरकारी बजारमा आउने उपभोक्तालाई २ रोपनी क्षेत्रफलमा पार्किङको व्यवस्था गरिएको छ।
माघ १ देखि सुरु हुने बजारको उद्घाटन भने माघ दोस्रो सातामा हुनेछ।
१८ वर्ष देखि कृषिकार्यमा लागेका सञ्चालक भक्तपुर जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।