जनकपुर– जनकपुर अञ्चल अस्पतालमा नियम विपरीत नियुक्ति पाएका कर्मचारीले दर्ता गरेको मुद्दा उच्च अदालतले खारेज गरिदिएको छ।
जनकपुर अस्पताललाई विपक्षी बनाएर ६ जना कर्मचारीले मुद्दा दायर गरेका थिए। प्रदेश सरकारको निर्देशनअनुसार मेडिकल सुपरिटेन्डेन्ट डा नागेन्द्र यादवले अस्पताल विकास समिति भंग भएपछि भर्ना भएका कर्मचारीको नियुक्ति खारेज गर्न सुरु गरेका थिए।
यसैमा असन्तुष्टि जनाउँदै ६ जना कर्मचारीले उच्च अदालतमा मुद्दा दायर गरेका थिए।
जनकपुर अञ्चल अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा राम परीक्षण यादवले गैरकानुनी रूपमा आफ्ना नातेदार र नजिकका व्यक्तिलाई विभिन्न पदमा नियुक्त गरेका थिए।
उच्च अदालत जनकपुरको निर्णयसँगै अवैध नियुक्ति लिएकालाई अवकाश दिने कानुनी बाटो खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।