जनकपुर– मानवअधिकारकर्मी तथा अभिवक्ता विपिन गौतमलाई शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनकपुरमा सम्मान गरेको छ।
इन्सेकका प्रदेश–२का संयोजक राजु पासवानले उनलाई सम्मानपत्र वितरण सहित सम्मान गरेका थिए।
पूर्व इन्सेक रौतहट जिल्ला प्रतिनिधिको रुपमा गौतमले २३ वर्ष मानव अधिकार आन्दोलनको क्षेत्रमा योगदान पुर्याएको कदर गर्दै इन्सेकले उनलाई सम्मान गरेको संयोजक पासवानले बताए।
इन्सेकको इतिहासमा जिल्ला प्रतिनिधिहरूको हकमा गौतमले पाएको सम्मान पहिलो पटक रहेको बताइएको छ।
सम्मान ग्रहणपछि मानवअधिकारकर्मी गौतमले आफू जहाँ भए पनि मानवअधिकार र सामाजिक न्यायको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनी हाल रौतहट चन्द्रपुर नगरपालिकाको न्यायिक समितिको कानुनी सल्लाहकार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।