काभ्रेपलाञ्चोक– प्रहरीले प्रतिबन्धित लागुऔषध कारोबार गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत् अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ।
प्रहरीले ५० पत्ता (७ सय ५० चक्की) झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा नमोबुद्ध नगरपालिका–७ स्थित मंगलटारमा जाँचका क्रममा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित पुपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई पक्राउ गरिएको जनाएको छ।
प्रहरी नायब उपरीक्षक रविराज खड्काले प्रारम्भिक अनुसन्धानबाट लागुऔषध प्रतिचक्की रु १ हजारदेखि १ हजार ५ सय सम्ममा विक्री हुने गरेको बताए।
यस्तै बनेपास्थित इलाका प्रहरी कार्यालयले पनि विभिन्न मितिमा नाइट्राभेट लागुऔषधसहित सातलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिए।
उनका अनुसार यही पुस १३ गते र १७ गते बनेपाका विभिन्न स्थानबाट कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
७ जनाबाट नाइट्राभेट १ सय ७० पत्ता (२५५० चक्की) बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।