ओखलढुङ्गा– बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
बालविवाहको आरोपमा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
खत्री ज्ञान प्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन्।
उनीहरुले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएका थिए।
तोकेको भन्दा कम उमेरमा विवाह गरेको भन्ने सूचनाका आधारमा उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए।
ओखलढुङ्गाामा ५० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेका विभिन्न अध्ययनले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।