टोक्यो- जापानको मध्य भागमा आएको आँधीका कारण ५ जनाको मृत्यु भएको छ । आँधीका कारण यातायात ठप्प भएको छ।
आइतबार मध्यावधि चुनाव भइरहँदा विभिन्न ठाउँमा आँधी आएको थियो । जापानको मध्य भाग होन्सु र सिजाउको प्रिफेक्चरमा प्रतिघन्टा १ सय ९८ किलोमिटर गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ।
सोमबार बिहानैदेखि आँधी प्रभावित क्षेत्रमा यातायात र व्यापार–व्यवसाय ठप्प छ । विद्यालय बन्द छन् भने सरकारी कार्यालय सोमबार पनि खुलेका छैनन्।
मौसम विज्ञान विभागले सुरक्षित स्थानमा बस्न र घरबाट बाहिर ननिस्कन भनेको छ । ती क्षेत्रमा हवाई उडान पनि स्थगित गरिएका छन्।
आँधीको असर राजधानी टोकियोमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।