काठमाडौं– नेपाल निर्यात परिषद्ले निर्यात प्रबर्द्धनको काममा सरकार गम्भीर नभएको आरोप लगाएको छ।
नेपाल निर्यात परिषद्ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्यात प्रबर्द्धनका लागि आवश्यक ऐन, कानुनको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
निकासी दिवसबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले विदेशी मुद्रा आर्जन गरी मुलुकलाई समृद्ध बनाउने मुख्य आधारको रुपमा रहेको निर्यात प्रबर्द्धनमा ध्यान दिन सरकारसँग माग गरे।
परिषदले निर्यात प्रबर्द्धनका लागि आवश्यक नीति तथा कानुन परिमार्जन गर्न पनि सरकारसँग आग्रह गर्दै आएको छ।
परिषद्ले यही आगामी आइतबार निर्यात दिवस मनाउने तयारी गरेको छ। अध्यक्ष श्रेष्ठले सो दिवसलाई सफल बनाउन पनि सम्बन्धित पक्षलाई आग्रह गरे।
परिषद्ले निर्यात प्रबर्द्धनको काममा ढिलाइ भए निजी क्षेत्र धरासायी हुने र त्यसको असर बैंकहरुमा पर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।